आजको मौसम : कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ९, आईतबार (४ महिना अघि)
  • ५६ पटक पढिएको
आजको मौसम : कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

मंसिर ९,काठमाडौँ । आज कोशी र गण्डकी प्रदेशको पहाडी भेगका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । देशका धेरैजसो ठाउँमा पश्चिमी वायुको सामान्य प्रभाव छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली र बाँकी भागमा सफा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी एक-दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

हल्का वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस