धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १०, सोमबार (४ महिना अघि)
  • ४३ पटक पढिएको
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

मंसिर १०, काठमाण्डौँ ।  सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सुचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उक्त बैठकले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जाँदै छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस