प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा चीनको सहयोगमा ३३ अर्बको औद्योगिक पार्क बन्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १४, शुक्रबार (४ महिना अघि)
  • ५६ पटक पढिएको
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा चीनको सहयोगमा ३३ अर्बको औद्योगिक पार्क बन्ने

मंसिर १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा चीनको सहयोगमा ३३ अर्ब रुपैयाँको लागतमा औद्योगिक पार्क बन्ने भएको छ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा यो पार्क निर्माणसम्बन्धी समझदारीपत्र एमओयूमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

झापामा बन्ने यो विशाल औद्योगिक पार्कको लागि २२ सय बिघा जमिन आवश्यक पर्ने बताइएको छ । नेपाल सरकारले यो पार्कको लागि आवश्यक जग्गा समेत किनिसकेको बताइएको छ । यो नेपाल चीन मैत्री औद्योगिक पार्क चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई परियोजना अन्तर्गत बन्नेछ ।

यस औद्योगिक पार्कमा नेपाल र चीन मिलेर उद्योगहरु स्थापना गर्नेछन् । यहाँका उद्योगहरुले ठूलो परिमाणमा रोजगारी सृजना गर्ने र वस्तुको उत्पादन गर्ने अपेक्षा गरिएको छ । यी उत्पादनहरु नेपाली बजारमा खपत भएसम्म नेपालमै खपत गर्ने र खपत नभएका उत्पादन चिनियाँ बजारमा पठाउने प्रस्ताव गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस