मंसिर १६,काठमाडौँ । मौद्रिक नीतिको समिक्षामा शेयर क्षेत्रमा कुनै नियम परिवर्तन नगरेपनि आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । यो गिरावटसँगै बजारको परिसूचक नेप्से २७३८ मा कायम भएको छ । मौद्रिक नीतिको समीक्षामार्फत कुनै पनि नीतिगत व्यवस्था गरिएको थिएन ।
कारोबार रकम केही बढेको छ । कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । गत बिहीबार ८ अर्ब ५४ करोडको भएको थियो । ६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रह्यो ।
विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह ४.५ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढेकै कारण व्यापार समूहमा उच्च वृद्धि देखिएको हो ।