मंसिर १७, काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबारदेखि जारी पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार काठमाडौँको बयान सकिएकाले रविलाई मंगलबार पोखरा पठाइनेछ ।
त्यस्तै, पोखराबाट उनलाई अर्को बयानका लागि चितवन पठाइनेछ । चितवन प्रहरीले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध चलेको मुद्दामा रवि लामिछानेको बयानका लागि त्यसतर्फ लैजाने भएको हो ।