गुरु ट्राभल्स लिमिटेड तथा क्रेमिल इन्डस्ट्रिज प्रा. लिमिटेडबीच व्यवसायिक सहकार्य सहमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १८, मंगलबार (४ महिना अघि)
  • ७४ पटक पढिएको
गुरु ट्राभल्स लिमिटेड तथा क्रेमिल इन्डस्ट्रिज प्रा. लिमिटेडबीच व्यवसायिक सहकार्य सहमति

मंसिर १८, काठमाण्डौँ । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरू ट्राभल्स लिमिटेड तथा नेपालको खाद्य प्रशोधन तथा कृषि आधारित उद्योगमा सशक्त रूपमा स्थापित क्रेमिल इन्डस्ट्रिज प्रा। लि। बीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । क्रेमिल इन्डस्ट्रिज प्रा। लि को प्रबन्धक निर्देशक श्री विभूषण शर्मा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत श्री अनिल धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो ।

सहमतिपत्रमा उल्लेख भए बमोजिम क्रेमिल इन्डस्ट्रिज प्रा। लि।का कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा रु।१०,०००्र०० सम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले आइसक्रिम र टर्किश ट्रिक खरिदमा रु। ८००।०० बराबरको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

कार्यक्रममा क्रेमिल इन्डस्ट्रिज प्रा। लि को प्रबन्धक निर्देशक श्री विभूषण शर्माले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । गुरू ट्राभल्स लिमिटेडका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत वहाँले व्यक्त गर्नुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस