सेयर बजार २४.९७ अंक घटेर बन्द, कारोबार फेरि बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १९, बुधबार (४ महिना अघि)
  • ११० पटक पढिएको
सेयर बजार २४.९७ अंक घटेर बन्द, कारोबार फेरि बढ्यो

मंसिर १९,काठमाडौँ । सेयर बजार नेप्से परिसुचक २४.९७ अंक घटेर बन्द भएको छ । आजको गिरावटपछि नेप्से २७५० अंकमा कायम भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेको छ । हिजो मंगलबार ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।

१०४ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार समूह आज सबैभन्दा धेरै ८.७ प्रतिशत घट्यो । विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूह ८.७२ प्रतिशत घट्यो ।

आज खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस