प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २२, शनिबार (४ महिना अघि)
  • ५८ पटक पढिएको
प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझे

मंसिर २२,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

शुक्रबार साँझ त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए ।

मङ्सिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस