यस कारण लाग्छ बढी निद्रा

Post Thumbnail

चैत ५, काठमाडौँ । कार्यालयमा काम गर्दै गर्दा आलस्य हुने, निद्रा लागिरहने हुन्छ ? यसको एउटा कारण एनिमया (रक्तअल्पता) हो।
शरीरमा रातो रक्तकोषको कमी भमा एनिमिया हुने गर्छ।

रातो रक्तकोषले फोक्सोबाट शरीरमा अक्सिजन पुर्याउने काम गर्छ। आइरन र भिटामिनको कमीको कारण पनि एनिमिया हुने गर्छ।

जसले मानिसलाई कमजोर बनाउँछ। र, अत्यधिक निद्रा लाग्छ।

डिप्रेसनको सिकार भएका मानिस पनि वढी निदाउने गर्छन्। यस्तो समस्यालाई नजरअन्दाज गर्नु हुँदैन।

डिप्रेसनका कारण मानिसले आफूलाई निकै कमजोर महसुस गर्छ। उदासिनताको पनि शिकार हुन्छ।

चिकित्सकले दैनिक चार लिटर पानी प्रयोग गर्न सल्लाह दिन्छन्। त्यसैले शरीरमा पानीको कमी हुन दिनु हुँदैन।

शरीरमा पानीको कमी हुँदा छटपटी, थकान, निद्रालगायतको समस्या हुन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस