अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु काठमाडौँमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २३, आईतबार (४ महिना अघि)
  • ५२ पटक पढिएको
अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु काठमाडौँमा

मंसिर २३, काठमाडौँ । मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आएका छन् । उनी छिमेकी मुलुक भारत र श्रीलंका भ्रमण सकेर नेपाल आएका हुन् । चिनियाँ मूलका अमेरिकी कूटनीतिज्ञ लु तीनदिनसम्म नेपालमा रहने छन् ।

सहायक परराष्ट्रमन्त्री लुले नेपालमा रहँदा नेपाली नेताहरूका साथै नागरिक समाजसँग अन्तरक्रिया गर्नेछन् । उनले पत्रकार भेटघाटसमेत राखेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । लुको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने विश्वास दूतावासले लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस