सेयर बजार

सेयर बजारमा उच्च अंकको गिरावट : नेप्से २७ सयमुनि, कारोवार रकममा पनि गिरावट !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर २३, आईतबार (४ महिना अघि)
  • ६८ पटक पढिएको
सेयर बजारमा उच्च अंकको गिरावट : नेप्से २७ सयमुनि, कारोवार रकममा पनि गिरावट !

२३ मंसिर, काठमाडौँ । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो ।
सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।

कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो ।

बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटेका छन् ।

#सेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस