‘समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्छौं’ : अध्यक्ष दाहाल

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ मंसिर २४, सोमबार (४ महिना अघि)
  • ६५ पटक पढिएको
‘समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्छौं’ : अध्यक्ष दाहाल

मंसिर २४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफूले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताएका हुन् ।

उनले जरुरी परे संसदको विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौं जनतासंग मिलेर प्रतिक्रियावादी विरुद्ध लड्ने बताए। सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जो कोहिलाई कारवाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको उनको भनाई छ । प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरुको हातमा राजनीति नरहेको र उनीहरुको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस