फास्ट ट्रयाक प्रभावितले ११ वर्षमा पनि पाएनन् मुआब्जा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ५, मंगलबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ५, काठमाडौँ । तराई फास्ट ट्र्याक प्रभावित क्षेत्रका निजी जग्गाको मुआब्जा तोकेको ११ वर्ष भइसक्यो। तर, मकवानपुरको भीमफेदी–८ रिपे र मालगाउँका प्रभावितले अझै मुआब्जा पाएका छैनन्।

दुई गाउँका १० परिवारले करिब ४५ रोपनी जग्गाको मुआब्जा नपाएका हुन्। मुआब्जा नपाएका स्थानीयले बस्ती नछाड्दा सो क्षेत्रमा पहिल्यै खोलिएको सर्भिस ट्र्याकबाहेक अन्य काम अघि नबढेको हो।

घरबारीको मुआब्जा नपाएका पीडित परिवार पटक–पटक बस्ती छाड्न सेनाले दिने उर्दीले झन् पीडित बनेको गुनासो गर्छन्।

‘पो’र मकै छर्ने बेलामा सेना आएर नछर्नू भने। तर, मैले मानिनँ । त्यही माटोको उब्जनीले वर्षभरि परिवारको पेट पालियो,’ रिपेकी ७३ वर्षीया क्षारामाया स्याङ्तानले वह पोखिन्, ‘अहिले फेरि मकै नछर्नू भनेको छ। न जग्गाको पैसा दिएर अन्त जाने बाटो खोलिदिन्छ, न आफ्नै जमिन खोस्रिन दिन्छ? हामी गरिब कसो गर्ने?’

ताजा अपडेट

खोजी गर्नुहोस