‘जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रित छ’ : अध्यक्ष दाहाल

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ मंसिर २५, मंगलबार (४ महिना अघि)
  • ७८ पटक पढिएको
‘जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रित छ’ : अध्यक्ष दाहाल

मंसिर २५, चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् ।

मंगलबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए । फरक प्रसंगमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआई नेपालको हितमा रहेको बताए ।

चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनले बताए। इन्डो प्यासेफिक स्ट्राटिजी आइपिएस र बिआरआईका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस