एनपीएल: विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ मंसिर ३०, आईतबार (४ महिना अघि)
  • ५२ पटक पढिएको
एनपीएल: विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

मंसिर ३०,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।

विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका गेरहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एकरएक विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस