एनपीएल: अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ पौष १, सोमबार (४ महिना अघि)
  • ८५ पटक पढिएको
एनपीएल: अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै

पुस १,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू आज सकिँदै छ । अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोली राम्रो फर्ममा रहेका छन् । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ ।

जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन् । प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टंगो लाग्नमात्र बाँकी छ । अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन् ।

हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ ।

यसैगरी, लिग चरणको अन्तिम एक खेल बाँकी रहँदा ६ खेलबाट आठ अंक जोडेको कर्णाली याक्स चौथो र सात खेलबाट आठ अंक बटुलेको काठमाडौँ गुर्खाज पाँचौँ स्थानमा आसिन छन् । यी दुईमध्ये एक प्लेअफ चरणमा पुग्ने अन्तिम टोली बन्नेछ ।

कर्णाली याक्सको तुलनामा काठमाडौँ गुर्खाजको अगाडि बढ्ने सम्भावना केही कम देखिन्छ । सोमबार हुने खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउन सके कर्णाली याक्स सजिलै प्लेअफ चरणमा प्रवेश गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस