काठमाण्डौका पूर्व मेयर पीएल सिंहको निधन, महानगरपालिकामा शोक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १, सोमबार (४ महिना अघि)
  • ९१ पटक पढिएको
काठमाण्डौका पूर्व मेयर पीएल सिंहको निधन, महानगरपालिकामा शोक बिदा

पुस १,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाका पहिलो मेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी निवासमा आज बिहान निधन भएको हो । ८७ वर्षीय सिंह केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।

गणेशमान सिंहको मुख्य सहयोगी भएर काम गरेका उनि गणेशमानका धर्मपुत्रका रुपमा पनि चर्चित थिए । उनि २०४९ सालमा तत्कालीन काठमाण्डौ नगरपालिकाको मेयर बनेका थिए ।

यसैबीच काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको असामयिक निधनमा आज महानगरपालिकाल सार्वजनिक बिदा दिएको छ ।

८७ वर्षीय सिंहको निधनमा महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको हो । सिंहको पार्थिव शरीर बिहान ११ बजेसम्म नीजि निवास ठमेलको चाक्सीबारीमा राखिनेछ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा एक घण्टा राखिनेछ ।

दिउँसो एक बजे विष्णुमती नदी किनारामा रहेको लखतीर्थमा उनको अन्तिम संस्कार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस