‘निरफूल’ भदौ २७ मा रिलिज हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौँ । रंग पत्रकार तथा समिक्षक फूलमान बल निर्देशित ‘निरफूल’ आगामी वर्षको भदौ २७ मा रिलिज हुने भएको छ।

‘निरफूल’मा भूकम्पले बिछोडिएको एक परिवारको कथा भन्छ । सिनेमामा दयाहाङ राई प्रमुख भूमिकामा रहेका छन्।

एक वर्ष अगाडि नै छायांकन सकिएको भए पनि विभिन्न कारणले यो सिनेमा प्रदर्शनमा आउन सकेको थिएन । सिनेमामा अभिनेत्री रेखा थापा बिशेष भुमिकामा देखिने छिन् ।

‘निरफूल’मा दयाहाङका अलवा शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडालगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

एनिमेसन र भीएफएक्सको काम सकिन समय लागेका कारण सिनेमा प्रदर्शनमा आउन समय लागेको निर्देशक वलले जानकारी दिएका छन् ।

सिनेमाको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । सिनेमामा धादिङ रुबी भ्यालीको एउटा परिवार मार्फत् कथा भन्ने प्रयास गरिएको निर्देशक फूलमान वल बताउँछन् ।

फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमाको कार्यकारी निर्माता डोमा सोनाम हुन् ।

प्रमोद कार्कीको छायांकन रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत छ । सिनेमाको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस