नेपाल र हङकङको १९ वर्षमुनिको टोलीबीच दोस्रो एकदिवसीय खेल आज

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ पौष ३, बुधबार (४ महिना अघि)
  • ४४ पटक पढिएको
नेपाल र हङकङको १९ वर्षमुनिको टोलीबीच दोस्रो एकदिवसीय खेल आज

पौष ३, काठमाण्डौँ । १९ वर्षमुनिको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र हङकङले आज दोस्रो खेल खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा खेल बिहान पौने ९ बजे शुरू हुने छ । यसअघिको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले हराएको थियो ।

आजको खेल जितेमा नेपालले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न हङकङको टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ । नेपाल र हङकङबीचको तेस्रो एकदिवसीय खेल पर्सि शुक्रवार हुनेछ । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो । विश्वकप एशिया छनोट आउने वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस