यस्तो छ ‘लभ स्टेशन’को दोश्रो गीत (हेर्नुहोस भिडियो)

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौँ । प्रदीप खड्का र जसिता गुरुङ स्टारर सिनेमा ‘लभ स्टेशन’को दोस्रो गीत रिलिज भएको छ । सिनेमाको ‘मेरो आँगनीमा’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो ।

वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको यो गीतलाई सुरेश लामाले गाएका हुन्। गीतलाई ‘लभ स्टेशन’का निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् ।

गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ ।

सिनेमामा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, रश्मी पाण्डे, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

सिनेमालाई भेट्रान निर्देशक उज्वल घिमिरेले निर्देशन गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन रहेको सिनेमाका गीतमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस