‘जात्रै जात्रा’को पहिलो गीत रिलिज

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौँ । जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर, निश्चल बस्नेत, वर्षा राउत, सारा सिर्पालीलाई फिचर्ड गरिएको छ ।

गीतमा कृष्ण भारद्धाजको संगीत, लेखु सहयात्रीको शब्द तथा निशान भट्टराई र मनिषा पोखरेलको स्वर छ । यस गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।

षट्कोण आर्टको व्यानरमा निर्माण भएको सिनेमालाई ‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

केही समय पहिले सिनेमा वैशाख २७ मा रिलिज हुने बताइएको थियो तर सो मितीमा बलिउड सिनेमा ‘स्टुडेन्ट अफ दि ईयर २’ रिलिज हुने भएपछि ‘जात्रै जात्रा’को रिलिज मिति एकसाता पर जेष्ठ ३ गते पुगेको हो ।

सिनेमामा राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायांकन, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस