पेट्रोलियम पाइपलाइन स्टेरिङ्ग कमिटीको दोश्रो बैठक, २४ अर्बका पाइपलाइन र भण्डारण परियोजना अघि बढाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ३, बुधबार (४ महिना अघि)
  • ४५ पटक पढिएको
पेट्रोलियम पाइपलाइन स्टेरिङ्ग कमिटीको दोश्रो बैठक, २४ अर्बका पाइपलाइन र भण्डारण परियोजना अघि बढाउने

पौष ३, काठमाण्डौँ । नेपाल आयल निगमले करिब २४ अर्ब रुपैयाँ लागतको पेट्रोलियम पाइपलाइन र भण्डारण निर्माण परियोजना अघि बढाउँदैछ । इन्डियन आयल कर्पोरेसन आइओसी र नेपाल आयल निगमबीचको सम्झौता अनुसार चार वटा परियोजना निर्माण सुरु गर्ने सहमति भएको हो ।

आयल निगम र आईओसीको ‘स्टेरिङ कमिटी’ बैठकले ४८ महिनामा निर्माण सम्पन्न गर्ने गरी कार्यान्वयन सुरु गर्ने निर्णय भएको छ । सिलिगुढीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइप लाइन, बारा अमलेखगन्जको पाइपलाइन चितवनसम्म विस्तार र झापा र चितवनमा ग्रीनफिल्ड टर्मिनल भण्डारण गृह निर्माण सुरु गर्ने सहमति भएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

स्टेयरिङ कमिटीमा आयल निगमको तर्फबाट नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले नेतृत्व गरेका छन् भने आइओसीका तर्फबाट नेपालको कन्ट्री म्यानेजर निरूपम रायजादाले नेतृत्व गरेका छन् । बैठकमा गोइतसहित निगमका नायब कार्यकारी निर्देशक दीपक बराल, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग निर्देशक विनितमणि उपाध्यायलगायत सहभागी छन् भने आइओसीका तर्फबाट कन्ट्री म्यानेजर रायजादासहित अनिरुद्ध थाटे, प्रबिनकुमार सहभागी भएको निगमले जनाएको छ । स्टेयरिङ कमिटीको पहिलो बैठक १४ अक्टोबर २०२४ मा अनलाइनमार्फत भएको थियो। यो काठमाडौंमा भएको दोस्रो बैठक हो ।

ताजा अपडेट

खोजी गर्नुहोस