पौष ३, काठमाण्डौँ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२१ प्रतिशत अर्थात ५.६० अंकले घटेर २ हजार ६२८.२६ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४५०.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज १.०७ प्रतिशतले बढेर ३ हजार १७६.७९ विन्दुमा पुग्यो । लघुवित्त समूह पनि आज ०.०९ प्रतिशत र व्यापार समूह ०.५० प्रतिशतले बढ्यो । आज होटल समूह सर्वाधिक घट्यो । यो समूह आज ०.४२ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३६ प्रतिशत, विकास बैंक ०.१६, हाईड्रो ०.३६,लगानी ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.३२,म्युचुअल फण्ड ०.२६,निर्जीवन बीमा ०.१४ र अन्य समूह ०.३७ प्रतिशतले घटेको छ ।
#शेयर बजार