इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १५ विधामा अवार्ड प्रदान हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ पौष ३, बुधबार (४ महिना अघि)
  • १०४ पटक पढिएको
इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १५ विधामा अवार्ड प्रदान हुने

पौष ३, काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुम’मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ ।

सन् २०१६ देखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको छ ।
फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस