विश्वमा सबैभन्दा धेरै सुन भएका १० देशहरु कुन-कुन हुन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ६, शनिबार (४ महिना अघि)
  • १०७ पटक पढिएको
विश्वमा सबैभन्दा धेरै सुन भएका १० देशहरु कुन-कुन हुन् ?

पौष ६, काठमाण्डौँ । पहेलो धातु सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ ।

बर्तमानमा अकाशिएको सुनको मूल्यले अझ यी देशहरूको सम्पत्ति बढाइरहेको छ ।
अझ रोचक कुरा त के छ भने एक्लो अमेरिकासंग विश्वका धेरै सुन भएका दश देशमध्ये पुच्छारका ७ देशहरूसंग भएको सुनको परिमाण बराबरी सुनको भण्डारण रहेको छ । अमेरिकासंग दोश्रो देश जर्मनी भन्दा करीब २.५ गुणा बढी सुनको भण्डारण छ । धेरै सुन भण्डारण गर्ने देशहरूमा त यस्तो अन्तर छ भने अन्य देशको हालत कस्तो होला रु सहजै अनुमान गर्न सकिन्छ ।

विश्वमा सबैभन्दा धेरै सुन रहेका १० देशहरु यस प्रकार छनः
अमेरिका
संयुक्त राज्य अमेरिका विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा पहिलो नम्बरमा छ । अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन रहेको छ । यसै कारणले पनि विश्वमा अमेरिकी अर्थतन्त्रको दबदवा चलिरहन्छ ।
जर्मनी
सबैभन्दा धेरै सुनको धनी रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ । वल्ड गोल्ड काउन्सिलका अनुसार जर्मनीको स्वामित्वमा ३३ सय ८१ टन सुन रहेको छ । जर्मनी सबैभन्दा धेरै सुन रहेको युरोपेली मुलुक पनि हो ।
इटाली
सबैभन्दा धेरै सुन रहेको मुलुकको तेश्रो स्थानमा इटालीको नाम आउंछ । इटालीसँग २४ सय ५२ टन सुन रहेको छ ।
फ्रान्स
ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको चौथो स्थानमा फ्रान्स रहेको छ । फ्रान्ससँग २४ सय ३६ टन सुन रहेको छ ।
चीन
विश्वमा सबैभन्दा बढी जनसंखाया भएको देश चीनमा धेरै सुन रहेको मुलुकको गणनामा भने पाँचौ स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार चीनसँग १७ सय ६२ टन सुन रहेको छ ।
रुस
क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक रुस सुनको मामिलामा चाहीँ छैटौँ स्थानमा रहेको छ । रुससँग १३ सय ९३ टन सुन रहेको छ ।
स्विजरल्याण्ड
युरोपेली मुलुक स्विजरल्याण्ड बढि सुन रहेको देशको सूचिमा सातौँ स्थानमा रहेको छ । स्विजरल्याण्डसँग १ हजार ४० टन सुन रहेको छ ।
जापान
आठौँ स्थानमा रहेको जापानसँग ७६५ टन सुन रहेको छ । जापानसँग सन् १९५० मा केवल ६ टनमात्र सुन थियो ।
नेदरल्याण्ड
ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको नवौँ मुलुक नेदरल्याण्ड हो । जहाँ ६१२ टन सुन रहेको छ ।
भारत
ढुकुटीमा सुन रहेको मुलुकको दशौँ स्थानमा भारत रहेको छ । भारतसँग ५५७ दशमबल ७ टन सुन रहेको छ । रोचक त के भने भारत सरकार सँग आधिकारिक रुपमा रहेको सुनको परिमाण भन्दा भारतका जनता तथा मन्दिरहरुमा रहेको सुनको परिमाण धेरै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस