प्रधानमन्त्री ओलीद्वारा क्रिकेट कमेन्टटेटर एन्ड्रयू लियोनार्डको प्रशंसा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ पौष ६, शनिबार (४ महिना अघि)
  • ६० पटक पढिएको
प्रधानमन्त्री ओलीद्वारा क्रिकेट कमेन्टटेटर एन्ड्रयू लियोनार्डको प्रशंसा

पौष ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र क्रिकेट कमेन्टटेटर एन्ड्रयू लियोनार्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र लियोनार्डबीच शुक्रबार भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का र कमेन्टटेटर लियोनार्डसँगको तस्बिर राख्दै सामाजिक सञ्जाल फेसबुकमा राख्दै आफूहरुबीच काठमाडौंमा जारी एनपीएलका विषयमा छलफल भएको उल्लेख गरेका छन् ।

उनले लेखेका, ‘एन्ड्रयू लियोनार्ड नेपाली क्रिकेटलाई माया गर्नुहुन्छ, उहाँ आफ्ना उद्घोषणहरूमा नेपाली समाज, कला र संस्कृतिलाई समेत जोड्नुहुन्छ, मलाई उहाँको कमेन्ट र प्रस्तुति मन पर्छ, क्यानका सचिव पारस खड्कासहित आज उहाँसँग अहिले चलिरहेको एनपीएलका विषयमा कुरा भयो ।’

ताजा अपडेट

खोजी गर्नुहोस