एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष ७, आईतबार (३ महिना अघि)
  • ४६ पटक पढिएको
एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

पौष ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आगामी बुधबार पुस १० गते ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस