निरन्तर किन घटिरहेको छ शेयरबजार ? खास कारण के हो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ७, आईतबार (३ महिना अघि)
  • १०५ पटक पढिएको
निरन्तर किन घटिरहेको छ शेयरबजार ? खास कारण के हो ?

पुस ७,काठमाडौँ । पछिल्ला केही कारोबार दिन बजार निरन्तर रुपमा घटेको छ । आइतबारको बजारले पनि घट्दो क्रमलाई निरन्तरता दिएको छ । यसले लगानीकर्तालाई झस्काएको छ । आज बजार १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा झरेको छ ।

बजार निरन्तरको गिरावटले लगानीकर्ताको मनोभावना डगमगाएको छ । बजारले तत्काल गति समाउने छ भन्ने लगानीकर्तालाई लाग्न छाडेको छ । विगतमा चल्ने गरेका विकास बैंक र फाइनान्स समूह पछिल्ला समय निरन्तर दबावमा पर्दै आएका छन् । पछिल्ला केहि समयदेखि कम पूँजी भएका कम्पनीहरु पनि चल्ने गरेका छैनन् ।

यसो त नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्। ठुला लगानीकर्ता त्रसित मात्रै भएका छैनन्, उनीहरूले शेयर सप्लाई समेत बढाउन थालेका छन्। दोस्रो बजारमा माग र आपूर्तिले काम गर्छ। माग धेरै भए शेयरको मूल्य बढ्ने र थोरै भए घट्ने गर्छ। शेयरको मूल्य बढ्न डिमाण्ड आवश्यक हुन्छ। तर शेयरको अधिक माग गर्नेहरूलाई नै सेबोनले निगरानी गर्न थालेपछि ठूला लगानीकर्ता अत्तालिन थालेका छन्। ठूला लगानीकर्ताले ह्वात्तै शेयरको माग घटाएका छन्। जसले गर्दा शेयर बजार फराकिलो अंकले घट्न थालेको छ।

आइतवारको बजारमा हाईड्रो कम्पनीहरु चल्न सक्ने संकेत देखिएको छ । सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीमा हाईड्रोपावर कम्पनी परे कै कारण लगानीकर्ताको अबको रोजाई हाईड्रोपावर कम्पनीहरु हुनसक्ने आँकलन गर्न सकिन्छ। तर बजारमा खासै लगानीकर्ताको चहलपहल नहुँदा हाइड्रो समुहमा पनि आर्कषण निरन्तर हुनेमा शंका यथावत नै रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस