पुस ७,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा सहकारीतर्फ सो रकम बिगो दाबी गरिएको हो ।
उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरणतर्फ भने लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।
सहकारीतर्फ कूल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
थप ४ जिल्लामा पनि मुद्दा चल्ने
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रवि लामिछानेविरूद्ध अरू ४ जिल्लामा पनि मुद्दा चलाउने तयारी गरिएको छ।
पोखरामा जस्तै चितवन, बुटवल, काठमाडौं र पर्सामा पनि सहकारीको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको भन्दै सहकारी पीडितले दिएको जाहेरीका आधारमा मुद्दा चलाउने तयारी गरेका हुन्।