बैंकर्स एसोसियसन लुम्बिनी अध्यक्षमा नेपाल बैंकका अर्जुन कँडेल सर्वसम्मत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ८, सोमबार (३ महिना अघि)
  • ११२ पटक पढिएको
बैंकर्स एसोसियसन लुम्बिनी अध्यक्षमा नेपाल बैंकका अर्जुन कँडेल सर्वसम्मत

पुस ८,काठमाडौँ । नेपाल बैंकर्स एसोसियसनले लुम्बिनी प्रदेश अन्तर्गतको आफ्नो नयाँ प्रादेशिक कमिटी गठन गरेको छ । यो वाणिज्य बैंकहरुको छाता संगठन हो ।

बुटवलमा बसेको वाणिज्य बैंकहरुका प्रादेशिक प्रमुखहरुको बैठकले सर्वसम्मत नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अर्जुनबहादुर कंडेललाई नेपाल बैंकर्स एसोशियसन लुम्बिनी प्रादेशिक कमिटिको संयोजकको रुपमा चयन गरेको हो ।

त्यसैगरी सो बैठकले प्राइम कमर्शियल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख कुशसुदन सिंह र नबिल बैंक लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमित केसीलाई सहसंयोजको रुपमा चयन गरेको छ ।

नवगठित समितिमा एक संयोजक, दुई सह संयोजक र १७ जना सदस्यहरु गरी २० वटै वाणिज्य बैंकका प्रदेश प्रमुखहरुको प्रतिनिधित्व रहने छ ।

समितिले वित्तीय अनुशासन, वित्तीय साक्षरता, सामाजिक उत्तरदायीत्व लगायतका विषयलाइ जोड दिंदै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको दक्षता विकास संगै लुम्विनी प्रदेशमा आर्थिक तथा वित्तीय क्षेत्रमा रहेका संभावना तथा चुनौतीहरुको विषयमा विभिन्न रचनात्मक पहलहरु गर्ने प्रदेश समिति संयोजक कंडेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस