सेयर बजार

सेयर बजार २८.९१ अंकले बढ्यो, चार अर्ब ४३ करोडको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ८, सोमबार (३ महिना अघि)
  • ६१ पटक पढिएको
सेयर बजार २८.९१ अंकले बढ्यो, चार अर्ब ४३ करोडको कारोबार

पौष ८, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार करिब २९ अंकले बढेको छ । बजार २८.९१ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । योसँगै समग्र बजार मापक परिसूचक २६१२.२० को विन्दुमा उक्लिएको छ । यस दिन १९४ कम्पनीको सेयर मूल्य बढेको छ । ४२ कम्पनीको सेयर मूल्य घटेको छ ।

सपोर्ट माइक्रोफाइनान्स, सुपरमादी हाइड्रोपावर, बाराही हाइड्रोको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । बलेफी हाइड्रो, नेपाल हाइड्रो, सयपत्री हाइड्रोलगायत कम्पनीको सेयर मूल्य उच्च कमाउने कम्पनीमा परे ।

बजार बढ्दा चार अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । म्युचअल फन्डबाहेकका उपसूचक बढेका छन् । म्युचअल फन्ड ४.२१ प्रतिशतले घटेको छ । जलविद्युत् समूहको सेयर मूल्य २.६५ प्रतिशतले बढेको छ ।

#सेयर बजार

 

ताजा अपडेट

खोजी गर्नुहोस