दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष ९, मंगलबार (४ महिना अघि)
  • ५१ पटक पढिएको
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु

पौष ९, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए ।

चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए । वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही–७ स्थित कर्णाली खोलामा मोटरसाइकल दुर्घटनामा परेको थियो । सोमबार बेलुकी सवा आठ बजेतिर उनी दुर्घटनामा परेका थिए । उद्धार गरी लमही अस्पतालमा पुर्‍याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस