भक्तपुर हत्या प्रकरण: जेठा छोराले गरे प्रहरीमा आत्मसर्मपण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष ९, मंगलबार (४ महिना अघि)
  • ८४ पटक पढिएको
भक्तपुर हत्या प्रकरण: जेठा छोराले गरे प्रहरीमा आत्मसर्मपण

पुस ९,काठमाडौँ । भक्तपुरको बालकोट घटनापछि फरार रहेका मिलन आचार्य आफैँ प्रहरीमा उपस्थित भएका छन् । मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उनी उपस्थित भएका हुन् । एक प्रहरी अधिकारीका अनुसार आफैँले बाबु र भाइको हत्या गरेको भनेर उनले स्वीकार गरेका छन् ।

खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण बालकोटस्थित डेरामा मृत अवस्थामा भेटिएकामा कुलप्रसादका जेठा छोरा मिलन भने सम्पर्कविहीन थिए। आइतबार बिहान ३ बजे उनी स्कुटरमा डेराबाट निस्किएको अनुसन्धानमा खुलेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीमाथि सोधपुछ गरिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस