दोस्रो विश्वयुद्धपछि जर्मनीमा चौथो पटक संसद्‌ विघटन, फ्रेबुअरी २३ मा चुनाव हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • ५८ पटक पढिएको
दोस्रो विश्वयुद्धपछि जर्मनीमा चौथो पटक संसद्‌ विघटन, फ्रेबुअरी २३ मा चुनाव हुने

पौष १३, काठमाण्डौँ । जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेन मेयरले शुक्रबार संसद्‌ विघटन गरेका छन् ।
लगत्तै चान्सलर ओलाफ स्कोल्जको गठबन्धन सरकारको पतनपछि फेब्रुअरी २३ मा नयाँ चुनावको मिति घोषणा गरेका छन् ।

गत नोभेम्बर ६ मा गठबन्धन टुटेपछि उनले अल्पमत सरकारको नेतृत्व गरिरहेका थिए । जर्मनीको स्थिर अर्थतन्त्रलाई कसरी पुनर्जीवित गर्ने भन्ने विवादका बीच उनले अर्थमन्त्रीलाई बर्खास्तसमेत गरेका छन् ।
ओलाफ स्कोल्जले १६ डिसेम्बरमा विश्वासको मत गुमाएपछि उनले अल्पमतको सरकारको नेतृत्व गर्दै आएका थिए । यसपछि धेरै प्रमुख दलका नेताहरूले निर्धारित समयभन्दा सात महिना अगाडि फेब्रुअरी २३ मा संसदीय निर्वाचन गराउने सहमति गरेका थिए । दोस्रो विश्वयुद्धपछिको संविधानले आफैं विघटन गर्न अनुमति नदिने भएकोले स्टाइन मेयरले संसद्‌ विघटन गर्ने र निर्वाचन गर्ने कि नगर्ने निर्णय गर्न समय लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस