हुम्लासहित कर्णालीका उच्च जिल्लामा हिमपात (तस्वीरहरु)

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • ९५ पटक पढिएको
हुम्लासहित कर्णालीका उच्च जिल्लामा हिमपात (तस्वीरहरु)

पौष १३, काठमाण्डौँ । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।

सोमबार रातिदेखि हिमपात भएपछि मङ्गलबार बिहान हिँउले ढाकिएको हुम्ला सदरमुकाम सिमकोट र आसपासको क्षेत्र । तस्बिर : दाने बोहरा / रासस

ताजा अपडेट

खोजी गर्नुहोस