दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु पुष्टि

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ५३ पटक पढिएको
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु पुष्टि

पौष १४, काठमाडौँ । आइतबार बैंकक फर्किरहेको गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । विमानमा सवार १८१ जनामध्ये २८ जनाको दुर्घटनामा ज्यान गएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ ।

मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा खराबी आएपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

विमान दुर्घटना स्थानीय समय अनुसार बिहान ९ः०७ बजे दक्षिण कोरियाको दक्षिण जेओलामा रहेको दक्षिण पश्चिम तटीय विमानस्थलमा भएको थियो । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ । दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस