पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किँदै, ओलीबाट रुष्ट बनेका नेताहरुले समेत साथ दिने !

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ७९ पटक पढिएको
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किँदै, ओलीबाट रुष्ट बनेका नेताहरुले समेत साथ दिने !

पौष १४, काठमाण्डौँ ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आउन लागेकी छिन् ।
उनको यो सक्रियताप्रति पार्टीमा ठुलो बहस सिर्जना भएको छ । दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी भण्डारीले पनि एमालेमा फर्किने मनशाय पहिलेबाटै व्यक्त गरिसकेकी छिन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट एमालेमा हेपिएका, पेलिएका, थिचिएका र अवसरबाट बञ्चित पारिएका केही नेताहरु भण्डारीले अब पार्टीको नेतृत्व गरुनँ भन्ने पक्षमा छन् । उनीहरु जसरीपनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर अध्यक्ष र पहिलो महिला प्रधानमन्त्रीसमेत बनाउन चाहन्छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका शीर्ष नेताहरु पनि भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा नै छन् ।

कुनै समय ओलीको सबैभन्दा निकट मानिने नेताहरु गोकुलप्रसाद बास्कोटा र कर्ण थापासमेत भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा दृढ भएर उभिएका छन् । विगतमा अवसर पाएका धेरै नेताहरु पछिल्लो समय ओलीदेखि असन्तुष्ट छन् ।

तर दोस्रो तहका नेताहरु जस्तै स्वयं ओली पनि भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किएको हेर्न चाहँदैनन् । गत वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसमा एमालेले प्रदान गरेको गणतन्त्र गौरव सम्मान थापेकी भण्डारी त्यसयता एमालेका विभिन्न भातृ संगठनहरुले आयोजना गरेको कार्यक्रमहरुमा प्रमुख अतिथिको रुपमा देखा पर्न थालेकी छन् । राष्ट्रपति हुँदासमेत नेकपा र एमाले विभाजन हुन नदिन शीतल निवासबाटै सक्रियता देखाएकी भण्डारी अहिले राजनीतिमा फर्किएर सके पुरानै नेकपा व्यूताउने र नभएपनि एमालेलाई पुनर्गठन गर्ने ध्येयमा छिन् । यसका लागि उनी निरन्तर राजनीति वार्मअप गरिरहेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस