‘मधेसको सबै विकास एमालेले गरेको हो’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ६३ पटक पढिएको
‘मधेसको सबै विकास एमालेले गरेको हो’ : प्रधानमन्त्री ओली

पौष १४, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन् ।

नेकपा एमालेको पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेकोसमेत दाबी गरेका छन् ।

‘हामी क्रान्तिकारी हौं, क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु मात्र होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेसका मसिया भन्ने पार्टीका नेताहरुले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे, हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्त्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेछ भन्नेमा ढुक्क हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ ।’

उनले देश एमालेले मात्रै बनाउन सक्ने पनि जिकिर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस