काठमाडौँको कागेश्वरीमा गोली चल्यो, दुई जना घाईते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ७२ पटक पढिएको
काठमाडौँको कागेश्वरीमा गोली चल्यो, दुई जना घाईते

पौष १४, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली लागेर दुई जना घाइते भएका छन् । रिद्धिसिद्धि बसपार्क नजिकै अर्जुन श्रेष्ठको घरभित्र गोली प्रहार भएको हो ।

खोटाङ हलेसी तुवाचुङ ७ का साहिर शंकर नामका व्यक्तिले पेस्तोल प्रहार गर्दा घरधनी अर्जुन र श्रीमती शान्ति देवी श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने शंकर पनि घाइते छन् । उनलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएका बताइएको छ । व्यक्तिगत रिसिइबीको कारण गोली प्रहारको घटना भएको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस