एड-मार्कमा बिबिएस र बिएसडब्लु उत्तीर्ण विद्यार्थीलाई अभिनन्दन सहित बिदाई कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ७६ पटक पढिएको
एड-मार्कमा बिबिएस र बिएसडब्लु उत्तीर्ण विद्यार्थीलाई अभिनन्दन सहित बिदाई कार्यक्रम सम्पन्न

पौष १४, काठमाडौँ । एड-मार्क एकेडेमीले स्नातक तह BBS र BASW उत्तीर्ण गरेका विद्यार्थीहरुलाई अभिनन्दन गरेको छ । बानेश्वरको अल्फा हाउसमा एक भब्य कार्यक्रमका बीच विद्यार्थीहरुलाई अभिनन्दन गर्दै बिदाई गरिएको हो ।

प्रमुख अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालय ब्यबस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसे, अतिथि धनराज चालिसे, क्याम्पस प्रमुख शिवप्रसाद अधिकारी, सहप्राचार्य प्रकाश लम्साल, संयोजक बलराम गैरे, परीक्षा संयोजक माधव प्रसाद उप्रेती, प्रशासकीय अधिकृत दिपक अधिकारी लगायत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी महानन्द चालिसेले बिबिएस पाठ्यक्रम आजको बजार माग अनुरुप भएकोले विद्यार्थीहरुलाई उपयोगी रहेको बताए । बिश्वभरी बसाइँसराइ बढेको र विद्यार्थी पनि बाहिर गएको भन्दै आँतिनुपर्ने अवस्था नरहेको बताए ।

#एड-मार्क #अभिनन्दन

 

ताजा अपडेट

खोजी गर्नुहोस