नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन भव्यताको साथ सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष १६, मंगलबार (३ महिना अघि)
  • ३०८ पटक पढिएको
नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन भव्यताको साथ सम्पन्न

पौष १६, काठमाण्डौँ । नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन मिति २०८१÷०९÷११ र १२ गते भतmपुर, बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रको भवनमा भव्यताको साथ सम्पन्न भएको छ ।

सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौं, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौं भन्ने मूल नाराको साथ स्थापना भएको यस संगठनको चौथौ महाधिवेशनमा प्रमुख अतिथि ने.क.पा. माओवादी केन्द्रका उपमहासचिव तथा कर्मचारी फ्रयाक्सन ईन्चार्ज हरिबोल गजुरेल, विशिष्ट अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठ विशिष्ट अतिथि नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय, विशिष्ट अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय महासचिव प्रेम खनाल अतिथि नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय संस्था राष्ट्रिय समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका सल्लाहकार संयोजक कृष्णहरि बुढाथोकी लगायत बैंक व्यवस्थापन तथा विभिन्न संघ संस्थाहरूबाट विभिन्न व्यतिmत्वहरूको दरिलो उपस्थिति रहेको थियो । साथै कार्यक्रमको सभाध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठनको निवर्तमान अध्यक्ष गोविन्द प्रसाद सुवेदीले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस