सर्लाहीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष १६, मंगलबार (३ महिना अघि)
  • ६१ पटक पढिएको
सर्लाहीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

पौष १६, काठमाण्डौँ । नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गएराति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–९, शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस