सस्तो शहर घुम्ने की महंगो ? सुची हेरेर छान्नुस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ६, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र ६,काठमाडौँ । पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईईयू) ले गरेको सर्वेक्षणमा पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका हुन् । विश्वका १३३ शहरलाई लिएर गरिएको सर्वेक्षणमा यी तीन शहर विश्वकै सबैभन्दा महङ्गो शहर पाइएको हो ।

विश्वका १३३ शहरमा वस्तु तथा सेवाहरुको मूल्य तुलना गरि यो सूची निर्धारण गर्ने गरिएको छ । सर्वेक्षणको क्रममा साधारण खाद्य वस्तु जस्तै ब्रेडको मूल्य निरीक्षण गरिन्छ भने पछिल्लो वर्षको तुलनामा यी सहरमा बस्दाको लागतलाई न्युयोर्कसँग तुलना गरी महंगो र सस्तो छुट्याइन्छ ।

दुनियाको सबैभन्दा महंगा शहर

१. सिंगापुर -सिंगापुर
२. पेरिस -फ्रांस
३. हङकङ -चीन
४. ज्यूरिख -स्विट्ज़रल्याण्ड
५. जेनेवा -स्विट्ज़रल्याण्ड
६. ओसाका -जापान
७. सिओल -दक्षिण कोरिया
८. कोपेनहेगन -डेनमार्क
९. न्यूओर्क -अमरीका
१०. तेल अवीव -इजराइल
११. लस एञ्जलस -अमरीका

सबैभन्दा सस्तो सहरहरुको सूचीमा भने यसपटक अप्रत्यासित बदलाव देखा परेको छ । राजनीतिक स्थिरता र मुद्रामा भएको उतारचढावका कारण नै यसपटक अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाका सहर सबैभन्दा सस्तोमा पर्न पुगेका हुन् ।

 सबैभन्दा सस्तो शहर

१. काराकस -भेनेज़ुएला
२. दमाकस -सीरिया
३. ताशकंद -उज्बेकिस्तान
४. अलमाती -काजखस्तान
५. बेंगलुरू -भारत
६. कराची -पाकिस्तान
७. लागोस -नाइजीरिया
८. ब्यूनस आयर्स -अर्जेन्टीना
९. चेन्नई -भारत
१०.दिल्ली -भारत

ताजा अपडेट

खोजी गर्नुहोस