आजको शेयर बजार ३३ अंकले घट्यो, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १६, मंगलबार (३ महिना अघि)
  • ६९ पटक पढिएको
आजको शेयर बजार ३३ अंकले घट्यो, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो !

पौष १६, काठमाण्डौँ । नेप्से परिसूचक उच्च अंकले घटेको छ ।
नेप्से ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा बन्द भएको छ ।

यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेको छ । गत कारोबार दिन अर्थात् आइतबार ५ अर्ब ४७ करोडको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ६७ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३०८ वटा धितोपत्रको एक करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर किनबेच भएको हो । मंगलबार २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ । यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन नाडेप लघुवित्तको मूल्य सर्वाधिक ४.०१ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९८५ रूपैयाँ कायम भएको छ ।

उपकार लघुवित्तको मूल्य ४ प्रतिशतले दरले बढेर प्रतिकित्ता मूल्य चार हजार १७४ रूपैयाँ पुगेको छ । मंगलबार चार कम्पनीको मूल्य सर्किट लेभलमा घटेको छ । सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशतका दरले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको मूल्य ९.९९ प्रतिशतले घटेको छ । मंगलबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य २३८ रूपैयाँमा ३५ करोड ९४ लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशत घटेको हो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस