पौष १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा अभियानकर्मीहरुसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिएका हुन् ।