आज रातिबाटै लागू हुनेगरि बढ्यो डिजेल–पेट्रोलको भाउ, प्रतिलिटर कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १६, मंगलबार (३ महिना अघि)
  • ५९ पटक पढिएको
आज रातिबाटै लागू हुनेगरि बढ्यो डिजेल–पेट्रोलको भाउ, प्रतिलिटर कति ?

पौष १६, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस