पौष १८, काठमाण्डौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारका दिन भने सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारका दिन भने चाँदी तोलामा १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।