‘शेरा दरबारको जग्गा फिर्ता ल्याउन ढिला गर्नुहुँदैन’ : अध्यक्ष दाहाल

‘शेरा दरबारको जग्गा फिर्ता ल्याउन ढिला गर्नुहुँदैन’ : अध्यक्ष दाहाल

पौष १८, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबारको जग्गामा कानून विपरीत काम भएको भए सरकारको नाममा फिर्ता ल्याउन माग गरेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेको गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधेका थिए ।

सो जग्गा प्रकरणमा प्रचण्डको पनि नाम मुछिएको छ । प्रचण्डले भने, ‘शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु । शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस् ।’ उनले राज्य र सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारवाही गर्नुपर्छ भनेर आफूले भन्दै आएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस