विश्व कविता दिवस मनाईंदै

चैत ७, काठमाडौँ । विश्व कविता दिवस बिहीबार विभिन्न कार्यक्रम गरि मनाईंदै छ । दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले कविता गोष्ठी आयोजना गरेको छ । यस्तै भक्तपुरमा विशेष कार्यक्रम हुँदैछ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल र्पुयाउने भएकाले समृद्ध समाजका लागि निकै महत्वपूर्ण रहेको युनेस्कोले जनाएको छ । कविता संवादको शक्तिशाली माध्यम रहेको र यसले समुदाय एवम् व्यक्तिबिच विश्वासको सम्बन्ध बिस्तारका लागि सहयोग गर्ने युनेस्कोकी महानिर्देशक ओड्रेया जुलेले बताएकी छन् ।

कवितामा गरिने प्रस्तुतिले अभिव्यक्तिको अनेक ढोका खोल्ने र यसले सहकार्य तथा समन्वयका लागि वार्ताको वातावरण बनाउने गरेको युनेस्कोले जनाएको छ । कवितात्मक अभिव्यक्तिले भाषाको संरक्षणमा पनि सहयोग पुग्ने युनेस्कोको भनाई छ ।

जुन भाषामा लेखिएको भए पनि कविताले समेट्ने भनेको मानवीय संवेदना, साझा प्रश्न, साझा भावना रहेको युनेस्कोको भनाई छ । कवितात्मक अभिव्यक्तिले भाषाको संरक्षणमा पनि सहयोग पुग्ने युनेस्कोको भनाई छ ।

कविताको आधार मौखिक रुपमा पुस्ता पुस्तामा हस्तान्तरण हुँदै आएको कलात्मक प्रस्तुतिसँग जोडिएको छ । दिवसले यो सँस्कृतिलाई सहयोग पुर्‍याउने अपेक्षा पनि गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply