सूर्यदर्शन सहकारी ठगी मुद्दा प्रकरण : आज पनि जाहेरीवालाको तर्फबाट बहस हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १९, शुक्रबार (३ महिना अघि)
  • ५४ पटक पढिएको
सूर्यदर्शन सहकारी ठगी मुद्दा प्रकरण : आज पनि जाहेरीवालाको तर्फबाट बहस हुने

पौष १९, काठमाण्डौँ । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस जारी रहनेछ । हिजोबाट सुरू भएको जाहेरीवालाका तर्फबाट बहस आज पनि जारी रहने भएको हो ।

गत बुधबारसम्म सो मुद्दामा प्रतिवादीको तर्फबाट भएको बहस सकिए पछि हिजोबाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले आज पनि जारी रहने भएको हो । हिजो जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा।सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीका अनुसार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस